
काठमाडौं । बिहिवार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जनाएको छ । बुधबार प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा काराबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधबार एक हजार ४०० रुपैयाँमा करोबार भएको आज चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।