मंगलबार, बैशाख ०८, २०८३
जिल्लाकै उत्कृष्ट लोटस इभेन्ट एण्ड रिसेप्सन सञ्चालनमा

काभ्रे । जिल्ला बनेपा नगरपालिका–७ मा अवस्थित लोटस ‘ईभेन्ट म्यानेजमेन्ट भेन्यु’ले आफ्नो औपचारिक सेवा सुरु गरिसकेको छ ।

इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. लाई जिल्लाकै एक उत्कृष्ट ‘ईभेन्ट म्यानेजमेन्ट भेन्यु’ का रूपमा परिचित गराउने उद्देश्यका स्थापना गरेको सञ्चालकले जानकारी दिए ।

तत्कालिन आईटी पार्क हालको मुद्रण सुरक्षणको प्राङ्गणमा स्थापना भएको ‘ईभेन्ट म्यानेजमेन्ट भेन्यु’ हरेक दृष्टिकोणले यहाँको लागि उपयुक्त हुन सक्ने लगानीकर्ताले दाबी गरेका छन् ।

भेन्युमा एकै पटक २५ सयलाई सेवा प्रदान गर्न सकिने सञ्चालकले जानकारी दिए । ठूला-ठूला दुई वटा हल र प्रशस्तै स्पेस रहेको सो भेन्यूमा ईभेन्ट, सभा सम्मेलन, गोष्ठी, मेलाजस्ता कार्यक्रम आयोजना गर्ने उपयुक्त गन्तव्य बनाउने उद्देश्यले स्थापना गरिएको उल्लेख गरिएको छ ।

काभ्रे जिल्लामा जन्म लिई विभिन्न पेशा व्यवसायमा अब्बल सावित रहँदै सम्बन्धित विषयमा लामो समय अध्ययनपश्चात सोही क्षेत्रमा अनुभव सम्हाली गृह जिल्लामा नै केही गर्नुपर्ने दृढ विश्वासका साथ सामूहिक रुपमा आवद्धता भई हाम्रो समूहले यस कम्पनीको परिकल्पना गरेको जानकारी दिए ।

नौ रोपनी क्षेत्रफलमा नेपाली मौलिक कलासंस्कृति झल्कने १०,००० वर्गफीटको सुविधा सम्पन्न हल तथा सबै संरचनाहरु भुकम्प प्रतिरोधी विधि तथा प्रविधिबाट तयार गरिएको र एकै समयमा २,५०० जनालाई सेवा उपलब्ध गराउन सक्ने भौतिक संरचना रहेको सञ्चालकले बताए ।

भेन्युले खाद्य स्वच्छता (खाना सुरक्षा) का सबै नियम पालना गर्दै गुणस्तरीय खाना तथा पेय पदार्थ (बेभरेज) को सेवा प्रदानका लागि योग्यताप्राप्त सेफसहितको टीम र सोही अनुसारको किचेनको व्यवस्था रहेको छ । इभेन्ट म्यानेजमेन्टकै अध्ययन सकेका हाम्रा टिम मेम्मबबाट कुनै पनि किसिमको इभेन्ट आयोजनाका लागि परामर्श सेवा समेत प्रदान गरिँदै आइएको जानकारी दिए ।

भेन्युमा एकैसाथ १०० वटा कार तथा जीप र २०० वटा मोटरसाईकल पार्किङ्ग क्षमता रहेको उल्लेख गरियो । जिल्लामा रहेका विभिन्न जात–जातीका धर्म, संस्कृतिमा आधारित सेवाग्राहीहरुको आवश्यकता अनुसारका सम्पूर्ण सेवाहरु जस्तैः निमन्त्रणा कार्ड, फोटोग्राफी, भिडियो र स्टिल क्यामेरा, ब्याण्ड–बाजा, पुरोहित(ब्राह्मण, लामा, नेवार, शाक्य), ट्रेड डिजाईन, मेकअप आर्टिस्टआदि उपलब्ध गराई यी सेवाको पूर्ण जिम्मेवारीका साथ बजार सुहाउँदो मूल्य लिने गरेको जानकारी दिए ।

ईभेन्ट म्यानेजमेन्ट प्रा. लि. ले फरक र गुणस्तरीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धतासहित कार्यारम्भ गरिसकेको दाबी गरिएको छ । संचालक रामईन्द्र न्यौपानेले प्रेस मिटमा भेन्युको बारेमा जानकारी दिएका थिए । प्रेस मिटमा पत्रकारका नेताहरु भोला थापा, महेश पौडेल, मोतिराम तिमल्सिना र मधुसुधन गुरागाईलाई सुझाव सहितको मन्तव्य राख्नु थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय