मंगलबार, बैशाख ०८, २०८३
जागिर खान गलत बाटो नजाऔँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जािगर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरेका छन् ।

युगान्डाबाट फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसँग कुरा गर्दै अवैध बाटोबाट नजान नेपाली युवामा चेतना फैलाउन पनि जरुरी रहेको बताए ।

उनले भने, पत्रकारले राखेको जिज्ञासामा “रूसलाई पत्र पठाइएको छ । युगान्डामा पनि रूसका उपविदेशमन्त्रीसँग कुरा भएको छ । फिर्ता पठाइदिनुप¥यो भनेका छौँ । मारिएकाको विषयमा पनि क्षतिपूर्तिको कुरा भएको छ । सरकारले मात्रै भनेर हुँदैन सबैले व्यापकरूपयमा यस विषयमा कुरा उठाउनुपर्छ ।”

“जहाँ पायो त्यहीँ जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्मविपरीत जहाँ पनि सेनामा भर्ती हुने, बाटो छलेर जाने काम गर्न भएन भन्ने चेतना फैलाउनुप¥यो,” उनले भने, “रूस र युक्रेनसँग कुरा भइरहेको छ । उनीहरू युद्धमै छन् । सरकारले पठाएको पनि होइन, त्यसैले सरकारले भन्नासाथ रुसले मान्ने पनि होइन ।”

सिफारिस

ताजा समाचार

लोकप्रिय