सातै प्रदेशका यातायात मन्त्री काठमाडौँमा

काठमाडौँ । सडक सुरक्षा र निर्माणमा भइरहेको प्रगतिबारे भौतिक मन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र सरोकार वालाहरूसँग छलफल गर्ने भएका छन् ।

त्यसका लागि मन्त्री ज्वालाले आइतबार सातै प्रदेशका यातायात मन्त्री, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सरोकारवालासँग छलफल गर्ने तयारी गरेका हुन् ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दिउँसो एक बजे छलफलको आयोजना गरिएको भौतिक पूर्वाधार मन्त्री ज्वालाको सचिवालयले जनाएको छ । पछिल्ला दिनमा मन्त्री ज्वालाले विभिन्न जिल्लाका निर्माणाधीन सडक तथा आयोजनाहरूको स्थलगत अनुगमन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस