हत्या गरेको अवस्थामा एक जनाको शव फेला

काठमाडौँ । काठमाडौँको स्वयम्भूस्थित शोभा भगवतीमा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् ।

तर, सो हत्याको घटना ३ महिनापछि बाहिरिएको छ । डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

माघ ३ मा शोभा भगवतीस्थित सरिता गिरीको घरको भुईँ तलामा ५१ वर्षीया सफिना मियाँको शव भेटिएको थियो । मृतक सफिना तनहुँ जिल्ला भिमाद नगरपालिका ५ की स्थानीय भएको उनका छोराले सनाखत गरिदिए ।

सफिनालाई भारतीय नागरिक ईकरामुल हक अन्सारीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ४३ वर्षीय अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस