आइतबार, बैशाख ०६, २०८३
सेयर बजारमा ३१ अंककाे गिरावट, ६ अर्बमाथिकाे काराेबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

आज नेप्से परिसूचक ३१ दशमलव ४९ अंकले घटेर २,०९८ को विन्दुमा कायम भएको छ । सोमबार ३६ कम्पनीको मुल्य बढेको छ भने २०९ कम्पनीको मुल्य घटेको छ ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावर कम्पनीको ३१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै अपी पावर कम्पनीको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै अपर साङ्गे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानकिर्ताले ६ दशलमव ६९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दोर्दी खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ३३ प्रतिशतका दरले गुमाएका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय