काभ्रे ट्राफिकद्धारा सवारी चालकहरुको सडकमै स्वास्थ्य परीक्षण

काभ्रे । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडक मै चालक र सह-चालकहरुकोको स्वास्थ्य परिक्षण गरेको छ । सोमबार बनेपा नगरपालिका वडा नम्बर-८ स्थित पुलबजारमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दुर्घटना न्यूनीकरणको लागि अरनिको राजमार्ग र बि.पी राजमार्गमा गुड्ने विभिन्न सवारीचालकको सडकमै निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख जनार्दन घिमिरेले जानकारी दिए ।

जिल्लामा हुने सवारी दुर्घटनालाई मध्य नगर गर्दै शारिरीक रुपमा योग्य चालकहरुले सवारी चलाएमा सडक दुर्घटना न्यूनीकरणमा टेवा पुर्योने लक्षको साथ स्वास्थ्य परीक्षण गरेको घिमिरेले बताए ।

कम्युनिटी वेलनेश सेन्टर बनेपाको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा स्वास्थ्य परिक्षण सम्पन्न भएको हो ।

परिक्षणमा ७४ जनाले निशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस