मंगलबार, बैशाख ०८, २०८३
यसरी मनाइयो शहीद दिवस

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । काठमाडौंमा महानगरपालिकाको आयोजनामा बिहान प्रभातफेरी निकाली शहीदको स्मारकमा माल्यार्पण गरिएको छ ।

शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको हो । सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले शहीदलाई सम्झिंदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय