सोमबार, बैशाख ०७, २०८३
हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

काठमाडौं | सरुवा भएर दुई दिनअघि मात्रै उच्च अदालत पाटनमा हाजिर भएका न्यायाधीश मातृका मरासेनीको निधन भएको छ ।

उनको हृदयघातका कारण आज बिहान निधन भएको हो । मङ्गलवार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेको पारिवारीक स्रोतले जनाएको छ ।

न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियाे । रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर आएका थिए। उनको आज उच्चमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँगको संयुक्त इजलास तोकिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय