काभ्रेबाट नगदसहित ११ जुवाडे पक्राउ

काभ्रे । प्रहरीले काभ्रेबाट ११ जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ४ स्थित सबिन नेपालीको सुपरमार्केट भित्र तास खेलिरहेको विशेष सुराकीको आधारमा उनीहरुलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट नगद एक लाख ८४ हजार ६ सय ४० रुपैयाँ, ३ बुक तास समेत बरामद गरेको छ । पक्राउ परेका हरुलाई ईलाका प्रहरी कार्यालय बनेपामा राखी अनुसन्धान जारी रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा राज कुमार दवाडी, राजाराम श्रेष्ठ, राजाराम सिग्देल, डोर बहादुर चौहान, बिजय तामाङ, चन्द्र थापा, रोचेश श्रेष्ठ, प्रेमकाजी श्रेष्ठ, नुवाङ लामा, मुकेश बि.क, सबिन नेपाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस