बुधबार, बैशाख १६, २०८३
त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी चन्दले दिए राजीनामा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।

शुक्रबार (हिजो) उनले प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।  व्यक्तिगत कारणले नै राजीनामा दिएको चन्दले बताए । राजीनामा दिनुको औपचारिक जानकारी भने नआइसकेको प्रहरी कार्यालयले जनाएको छ।

गत वैशाख १३ गते चन्दलाई विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय