सोमबार, बैशाख ०७, २०८३
अमेरिकी आक्रमणपछि इराकको चेतावनी

काठमाडौँ । इराकले आफ्नो देशमा अमेरिकी आक्रमणपछि यस क्षेत्रमा गम्भीर परिणाम हुनसक्ने चेतावनी दिएको छ ।

गत आइतबार आफ्नो एउटा सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरेपछि अमेरिकाले इराक र सिरियाविरुद्ध हवाई हमला तीब्र पारेको छ । यस हमलामा इराक र सिरियामा ८५ वटा लक्ष्यलाई निशाना बनाएको अमेरिकी सेनाले जनाएको छ ।

सो आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए । अमेरिकाले आफ्नो सैन्य शिविरमा भएको आक्रमणको लागि इरान समर्थित चरमपन्थीहरुको छाता संगठनलाई दोष दिएको छ ।

यता अमेरिकाको जवाफी हमलामा कम्तीमा १६ इराकी नागरिकको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेको इरान समर्थित मिलिसिया संगठनको स्थानमा आक्रमण गरेको बताएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय