बिहिबार, जेठ ०७, २०८३
आर्मीले जित्यो आहारारा गोल्डकपको उपाधि

काठमाडौँ । त्रिभुवन आर्मी क्लब २३औं संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो । आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १/१ गोल गरे । खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीजंगले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

आर्मीका फत्तेमान घलेले खेलको ८३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा बसन्त जिम्बाले तेस्रो गोल गरेका थिए । च्याम्पियन बनेको आर्मीले १२ लाख एक हजारसहित ट्रफी हार पार्‍यो । फाइनलमा पराजित थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझाउनु पर्‍यो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय