सोमबार, बैशाख ०७, २०८३
काभ्रेको पनौतीबाट ७३ बोरा गाँजा सहित तीन जना पक्राउ

काभ्रे । प्रहरीले ७३ बोरा गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार आज (सोमबार) बिहान पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डीआई गाडी चेकजाँच गर्ने क्रममा चालकसहित एक महिला र एक पुरुष गरी तीनजनालाई प्रहरीले पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार प्रहरीले चेक गर्ने क्रममा भाग्न खोजेपछि गाँजाको बोरासहित तीनजनालाई पक्राउ गरिएको बताए । पनौती रोडको छाला कारखानामा पक्राउ परेका तीनजनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय