आइतबार, बैशाख ०६, २०८३
रोशीमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

काभ्रे । जिल्लाको रोशी गाउँपालिका-११ कालढुङ्गा स्थित डम्फू जीवन्त संग्राहलय (डम्फू पार्क)मा ल्होछार बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ ।

सोमबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को आयोजना तथा टाशी चुक्ला खाङ गुम्बा अध्ययन केन्द्रको समन्वयमा ल्होछार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले गरेका हुन् ।

कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री लामाले सबै समुदायलाई सम्मान गरे मात्र देश बिकास हुने बताए । नेपालको संविधानले सबै धर्म समुदायलाई सम्मान गरेको उनले बताए । नेपालको सबै धर्म समुदाय एक भएमा मात्र समृद्ध नेपाल निर्माण हुने उनको भनाई छ । बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री रत्न ढकालले नेपालको बहुसंस्कृति र बहुपहिचान सरक्षण गर्न सक्दा मात्र नेपाल धनी हुनेमा जोड दिए ।

वरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामा र जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले तामाङ समुदायले घर-घरमा ल्होछार मनाउनुपर्ने बताउदै २८ औँ डुग सोनाम ल्होछारको शुभकामना दिए । गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाले बिभिन्न समुदायको पर्वलाई समान रुपमा हेरेको बताउँदै ल्होछारको लागि गाउँपालिकाले तीन दिन विदा दिने जानकारी दिए ।

रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिनको सभापतित्वमा भएको ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य फुर्साङ लामा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय अध्यक्ष गुणराज मुक्तान, घेदुङ काभ्रेका अध्यक्ष राजकुमार लामा, रोशी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. १० का वडाध्यक्ष विकेन लामा तथा घेदुङ रोशीका अध्यक्ष कान्छाकाजी तामाङ, नेपाली कांग्रेस रोशीका सभापति दुधराज लामा, नेकपा माओवादी केन्द्र रोशीका अध्यक्ष मानबीर लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा लामा गुरुहरुले प्रवचन र वाङ गरेका थिए ।

कार्यक्रममा दुई दर्जन भन्दा बढी राष्ट्रिय स्तरदेखि स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । मिक्साङ वाइवाले सञ्चालन गरेको कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए ।

रोशीका दुई कलाकारलाई सम्मान

रोशी गाउँपालिकाद्धारा रोशीमा जन्मेर कलाकारितामा राष्ट्रियस्तरमा नाम कमाएका दुई कलाकारलाई सम्मान गरिएको छ ।

२८६० औ डुग सोनाम ल्होछार कार्यक्रमको आयोजना पारेर बरिष्ठ गायक तथा लेखक चन्द्रकुमार मोक्तान र बरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामालाई सम्मान गरिएको हो । कलाकारितामार्फत राष्ट्रलाई नै योगदान गरेको भन्दै सम्मान गरिएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय