काठमाडौँ । पाँच वर्षपछि नेपाली लोकपप ब्याण्ड मंगोलियन हार्ट दक्षिण कोरियामा गुञ्जिने भएको छ ।
यो ब्याण्डले नेपाली समुदाय बहुल कोरियाली डायस्पोरामा प्रस्तुति दिन लागेको हो । आगामी शुक्रबार राजधानी सियोलको छोहरा ओगमास्थित डोंगदे मुनमा कन्सर्ट तय भएको ब्याण्ड व्यवस्थापक तथा गिटारिस्ट बबी लामाले जानकारी दिए ।
नेपाल-कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने राजु लामा नेतृत्वको ब्याण्डले आफ्ना हिट गीतहरु गुञ्जाउनेछ । ३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्याण्डका मुख्य गायक राजु लामासहितका सदस्य चर्चामा आए ।
लोक, स्लो-रक, पप मेलोडी संगीतका लागि प्रिय यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा, लिड गिटारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।



















