बिहिबार, साउन २८, २०८३
डिएसपी अनिल बने ‘पुलिस अफ द मन्थ’

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे माघ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले घिमिरेलाई कार्यरत कर्मचारीमध्ये महिनाको सर्वोत्कृष्ट घोषणा गरेको हो ।

डीएसपी घिमिरे नेतृत्वको टोलीले लागु औषध मुद्दाका प्रतिवादीलाई भगाएका तत्कालीन जवानलाई १५ वर्षपछि पक्राउ गरेको थियो ।

अपराध अनुसन्धानमा र शान्ति सुरक्षामा अब्बल काम गरेको भन्दै उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय