काभ्रे । पुर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले आफू मन्त्री हुँदा आफ्नो जिल्लामा मात्र नभएर देशभरिका माध्यामिक बिद्यालयमा आईसिटी ल्याबको स्थापन गरेको दाबी गरेका छन् ।
चण्डेश्वरी माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सवमा पुर्वमन्त्री बास्कोटाले देशैभरीमा माध्यमिक विद्यालयमा आईसिटी ल्याब स्थापना गरिएको दाबी गरेका हुन् । उनका अनुसार वितरण गरिएका ल्याव ९० प्रतिशत सामुदायीक विद्यालयले प्रयोगमा ल्याई विद्यार्थीहरुलाई सिकाई रहेको र १० प्रतिशत त्यसै थन्किएको रिपोर्ट पाएको पुर्वमन्त्री बास्कोटाले बताए ।
पुर्वमन्त्रीले बास्कोटाले अझ सामुदायिक बिद्यालयको स्तर कायम गर्न आफू लागि पर्ने बताएका छन् । उनले अहिलेको सरकार यश बिषयमा खासै चासो नराखेको बताएका छन् ।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा बनेपा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष श्याम सुन्दर श्रेष्ठले कुनै विद्यालय सँग पनि प्रतिस्पर्धा नभई गुणस्तरीय शिक्षा प्रदान गर्न, प्रविधि युक्त शिक्षा प्रदान गर्नका लागी ४ वटा कोठामा स्मार्ट बोर्ड जडान गरिएको र आगामी शैक्षिक सत्रबाट सबै कक्षा कोठामा जडान गरिने श्रेष्ठले बताए ।
विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका प्रध्यानाध्यापक श्याम प्रसाद पाण्डेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, उप-प्रमुख विमला सापकोटा र सहायक प्रध्यानाध्यापक कृष्ण गोपाल श्रेष्ठ लगाएतले शुभकामना राखेका थिए ।
उक्त कार्यक्रममा विभिन्न सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षक भिमसेन हुमागाईले गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न सघं सस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, अभिभावकहरुको उपस्थिती रहेको थियो ।



















