सिन्धुपाल्चोकमा जीप दुर्घटना, दुई जनाको मृत्यु
बुधबार, फाल्गुण ०९, २०८० | १६:०७:५३

सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसेमा बुधबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नागपुजेबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा १२ च ४९९१ नं को जीप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीले जानकारी दिए ।
उक्त दुर्घटनामा जीप चालक विक्रम थापासहित बाह्रबिसे–७ का गोपाल थापा, खड्गकुमारी श्रेष्ठ र पुष्कर थापा घाइते भएका छन् । घाइतेको यहाँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।