एसपी ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड

विरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले सम्हालेका छन् ।

बुधबार दिउँसो कार्यालयमा पुगेर एसपी ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी ढुंगेललाई प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारविक्रम थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।

जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएका छन् ।

प्रहरी मुख्यालयले गत १ फागुनमा ढुंगेलसहित ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।

यसअघि पर्साको कमाण्ड एसपी कोमल शाहले सम्हालेका थिए । उनको सरुवा नेपाल प्रहरीको इन्टरपोल शाखामा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस