काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १ र २ का तामाङहरुले शनिबार रविको थिङगाउँमांं भेला भएर ल्होछार सांस्कृतिक उत्सव मनाए ।
मञ्जुश्री संवत २८६० को सोनाम डुक ल्होछारको अवसरमा शुभकामना आदानप्रदान,लामा तथा बोन्बोको झाँकी,पूजापाठका साथै राष्ट्रिय एवं स्थानीय चर्चित कलाकारहरुसँग नाचगान गरेर बृहत सांस्कृतिक उत्सव मनाएका हुन् ।
सभ्य ह्रिमठिम तामाङ समाज युवा क्लवको आयोजना तथा सुनौलो देविटार युवा क्लवसँगको सहकार्य,धुलिखेल नगरपालिका वडा नं. १ र २ को सहयोगमा गरिएको राष्ट्रिय सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रमको बागमती प्रदेश सरकारका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री चित्रकारले बागमती प्रदेशमा सबैभन्दा ठूलो जनसंख्या रहेको तामाङ र नेवार समुदायले आफ्नो कला संस्कृति संरक्षण गर्न सफल रहेको भन्दै खुशी व्यक्त गरे । सबै जातजाति मिलेर बसेको धार्मिक,सांस्कृतिक सहिष्णुतासहितको नेपाली समाज हो भन्दै उनले अब संस्कृति प्रवद्र्धनका साथै आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा, नेकपा एमाले बागमती प्रदेश कमिटि उपसचिव भक्तकुमारी लामा र अतिथिको रुपमा नेपाल तामाङ युवा घेदुङका अध्यक्ष बिलम मोक्तान, वडाध्यक्ष सन्त बहादुर लामा लागयतले ल्होछारको शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा विशेष अतिथिको रुपमा समाजसेवी विदुर बस्नेत, अतिथिको रुपमा वडा नं. २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य मञ्जुकुमार कोजु, तामाङ घेदुङ काभ्रेका अध्यक्ष राज तामाङ, नेकपा एमाले धुलिखेल १ नं. वडा कमिटि अध्यक्ष ज्ञान लामा, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायत विभिन्न पार्टीका नगर तथा वडा कमिटि तहका प्रतिनिधिहरु, सदगुण जागरण नेपालका अध्यक्ष सर्गम तामाङ, अहिंसावादी बौद्ध धर्म चक्र संघका फूर्वादोर्जे लामाका साथै बुद्ध दर्शन तथा तामाङ संस्कृति क्षेत्रका प्रतिनिधिहरु पनि उपस्थित थियो ।
कार्यक्रममा चर्चित कलाकारहरु विशाल काल्तान, जितु लोप्चन, द भ्वाइस अफ नेपालका फष्ट रनरअप मकर योञ्जन, रामहरि न्यौपानेका साथै शुसिल लामा, पुजा लामा, अविना लामा, हिरा लामा, प्रेम लामा, सागर बम्जन, रञ्जित लामा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक प्रस्तुती रहेको थियो ।






























