बिहिबार, आषाढ ०४, २०८३
काभ्रेमा दादुरा रुबेला खोपको शुभारम्भ

काभ्रे । सरकारले दादुरा–रुबेला विरुद्धको खोप राष्ट्रिय अभियान सुरु गरेको छ । सरकारले फागुन १३ गते देखि ७ चैत्रसम्म खोप अभियान संचालन गरेको छ । यसै अनुरुप काभ्रेको १३ वटा स्थानिय निकाय मध्ये पहिलो चरण अन्र्तगत ११ वटा स्थानिय निकायमा दादुरा रुबेला खोप सुरु भएको छ । जिल्ला खोप समन्वय समिति काभ्रेका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले खोपको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा बोल्दै समन्वय प्रमुख गौतमले जिल्लाका तोकिएका उमेर समुहका सबै बालबालिकाहरुले खोप पाउने गरी ब्यवस्थापन गरिएको बताए । काभ्रेपलाञ्चोक जिल्लाका करिब २४ हजार बालबालिकालाई दादुरा, रुवेला बिरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख अनिता खनालले जिल्लामा फागुन १३ देखि २५ गतेसम्म दुई चरणमा खोप अभियान संचालन हुने बताईन् । पहिलो चरणमा धुलिखेलबाट शुरु भएको अभियान २५ गतेसम्म जिल्लाका सबै बालबालिकाहरुलाई लगाई सक्ने गरी योजना गरिएको उनले बताईन् ।

स्वस्थ्य कार्यालय काभ्रका अनुसार दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।

पहिलो चरणमा फागुन १३ गतेदेखि ११ वटा स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ । यस्तै महाभारत र खानीखोला गाउँपालिकामा फागुन २३ गतेदेखि अभियान सञ्चालन स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।अभियानको क्रममा जिल्लाका १३ स्थानीय तहका २३ हजार ९५८ बालबालिकालाई खोप लगाइनेछ ।

सरकारले नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई दादुरा, रुवेला खोप लगाउने राष्ट्रिय अभियान नै सञ्चालन गरेको छ । खोप अभियान अन्र्तगत जिल्लामा ३९३ वटा खोप केन्द्रमा ३९३ जना खोप कार्यकर्ताले बालबालिकालाई दादुरा, रुबेलाको खोप लगाउनेछन् । एक खोप केन्द्रमा दुई जना स्वयम्सेवकका दरले जिल्ला भरका ३९३ खोप केन्द्रमा ७८६ खोप स्वयम्सेवक खटाएको कार्यालयले जनाएको छ ।

अभियान अन्र्तगत जिल्लाको मण्डनदेउपुर नगरपालिकाका एक हजार ९८९ जना, धुलिखेल नगरपालिकाभित्र रहेका दुई हजार १०७ जना, बनेपा नगरपालिकाका तीन हजार ७१५ जना, पाँचखाल नगरपालिकाका दुई हजार २१३ जना, पनौती नगरपालिकाका तीन हजार ४१ जना, नमोबुद्ध नगरपालिकाका एक हजार ७३४ जना नौ महिनादेखि पाँच वषमुनिका बालबालिकालाई दादुरा, रुबेलाको खोप लगाइने स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

यसैगरी जिल्लाको चौरीदेउराली गाउँपालिकाका ९६१ जना, भुम्लु गाउँपालिकाका एक हजार ५४ जना, तेमाल गाउँपालिकाका एक हजार ३९ जना, रोशी गाउँपालिकाका एक हजार ८७८ जना, महाभारत गाउँपालिकाका एक हजार ७९३ जना, खानीखोला गाउँपालिकाका एक हजार ३५२ जना र बेथानचोक गाउँपालिकाका एक हजार ८४ बालबालिकालाई राष्ट्रिय अभियान अन्तर्गत दादुरा, रुबेलाको खोप लगाइने भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय