शुक्रबार, बैशाख १८, २०८३
धुलिखेल अस्पतालमा बालरोग विभागको नयाँ भवन आज उद्घाटन हुँदै

काभ्रे । धुलिखेल अस्पतालको बालरोग विभागको नयाँ भवन आज उद्घान हुँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्ररमण सिं ले भवन उद्घाटन गर्ने छन् ।

आज एक औपचारिक कार्यक्रमकाबीच भवन उद्घाटन हुन लागेको हो । धुलिखेल अस्पताल र एभरेष्ट बैंकका सीइओ बिके श्रेष्ठको संयुक्त सहयोगमा नयाँ भवन निर्माण भएको छ ।

धुलिखेल अस्पतालले नवजात सघन उपचार केन्द्र (एनआईसीयू), बाल सघन उपचार केन्द्र (पीआइसीयू) सञ्चालन गरिरहेको प्रा.डा. श्रृजना डंगोलले जानकारी दिइन् ।

यस्तै अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बालबालिकाका लागि पेडियाटिक सेवालाई थप सहज र प्रभावकारी बनाउन नवनिर्मित भवनले सहयोग पुर्याउने अस्पतालको विश्वास छ । अस्पतालले २ वर्षभित्रमा बालबालिकाको किड्नी र स्वासप्रश्वास सम्बन्धी सेवा समेत सञ्चालन गर्ने उदेश्य राखेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय