बुधबार, बैशाख १६, २०८३
भायानेटको पोल्टामा दुई वडा अवार्ड

काठमाण्डौ । पछिल्लो समय आक्रामक वजारीकरण गरिरहेको ईन्टरनेट प्रदायक कम्पनि भायानेट कम्यूनिकेशन लिमिटेडले दुई वटा अवार्ड जितेको छ ।

भायानेट कम्यूनिकेशन ले एसियन टेलिकम अवार्ड २०२४ मा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर’ जितेको हो ।

भायानेट कम्युनिकेशनले प्रेश विज्ञप्ती मार्फत दुई वटा अवार्ड जिततेको जनाएको हो । भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ ।

एक्स जि एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराउने र ग्राहकमा यसको उल्लेख्य प्रभाव ल्याउनसफल भएको हुनाले कम्पनीलाई यी प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरिएको हो ।

अवार्ड समारोह फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको थियो । उक्त अवार्डको लागी भायानेट, सहित नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो । बिभिन्न निर्णायकहरूको प्रकृयगत निर्णय र छलफलको आधारमा सम्मानित प्यानलले भायानेट लाई विजेताको रूपमा चयन गरेको हो।

कम्पनीले यस विधामा नेपालमा पहिलो पटक यो प्रतिष्ठित अवार्ड जितेको हो । एसियाली टेलिकम अवार्ड एसियन मोबाइल न्यूजबाट सन्चालन हुँदै आएको छ ।अवार्ड कार्यक्रमले एशियाका अग्रणी टेलिकम र ब्रोडब्यान्ड कम्पनीहरूको उत्कृष्ट उपलब्धि र पहलहरूलाई मान्यता दिदै आएको पाइन्छ ।

भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले कम्पनीको सफलतामा खुसी व्यक्त गर्दै “भायानेटसधैं ग्राहककोआवश्यकताअनुरुपनविनतमटेक्नोलोजीको प्रयोगगर्नेमाअग्रपंक्तिमा रहदै आएकोछ र यी पुरस्कारहरूले हाम्रो टिम र कम्पनीको अथक प्रयास र ग्राहक प्रतीको प्रतिबध्दतालाई थप उर्जा प्रदान गर्ने बताउनुभयो।“

सिफारिस

ताजा समाचार

लोकप्रिय