काभ्रे । ईलाका प्रहरी कार्यालय बनेपाले जनताको सुझाव तथा गुनासो संकलन गर्न क्युआर कोड स्क्यान सिस्टम ल्याएको छ ।
क्युरआर कोड मार्फत अनलाईनमा प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी, कुनै गुनासो वा प्रहरी काम कारवाहीको बारेमा जानकारी गराउने उद्देश्यले क्युआर व्यवस्था ल्याइएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुबेदीले जानकारी दिए ।
उनले क्युआर कोड स्क्यान विधिबाट घरमै बसी आफ्ना सुझाव तथा गुनासो राख्न सकिने बताए । ईप्रका मातहतका सबै प्रहरी कार्यालयमा सिस्टम लागु हुनेछ साथै सेवा लिने व्यक्तिको परिचय गोप्य रहनेछ ।




















