काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाको मेयर कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ कुन्ताबेसीले जितेको छ । वडा नम्बर ७ कै नौबिसे टिमलाई पराजित गर्दै कुन्ताबेसीले उपाधि जितेको हो ।
१८ गतेबाट सुरु भएको प्रतियोगितामा प्रथम हुने वडा नम्बर ७ कुन्ताबेसीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने नौबीसे टिमले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र र तेस्रो हुने लम्साल बेसी टिमले नगद २० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख टोक बहादुर वाईबाले नगरस्तरीय खेलमैदान बनाउन अर्को आर्थिक वर्षबाट शुरु गर्ने बताए । उनले डेडीथुम्का माध्यमिक विद्यालयको खेलमैदानलाईनै ब्यवस्थित र नगरस्तरीय बनाउने स्पस्ट पारे ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी कुन्ताबेसी टिमका बिमल श्रेष्ठले नगद ५ हजार र ट्रफी प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट डिफेन्स खेलाडीको ट्रफी हिमाल सापकोटाले,उत्कृष्ट लिफटर खेलाडीको ट्रफी विपिन प्रजापतीले जितेका छन् । प्रतियोगितामा नगर भित्रका ११ वटा टिमको सहभागिता रहेको थियो ।



















