कानुन समितिको बैठक स्थगित
सोमबार, फाल्गुण २१, २०८० | ४:४२:०१

काठमाडौं । संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।
राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भए पछि सोमबार बिहान बोलाइएको बैठक स्थगित भएको हो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउन आज बिहान ७ः ४५ बजे समितिको बैठक बोलाइएको थियो ।
बैठकमा सहभागी हुनका लागि कांग्रेसका सांसदहरू सिंहदरबार पुगे पनि अन्य दलका सांसदहरू नपुगे पछि बैठक बस्दै नबसी स्थगित भएकाे कांग्रेसका सांसद सुनिल शर्माले बताए ।