काभ्रे । जिल्लाको बनेपामा चैत २ र ३ गते मेयरकप सितोरियो कराँते प्रतियोगिता हुने भएको छ । काभ्रे कराँते एकेडेमीले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । कराते प्रतियोगिता बनेपास्थित लायकु राजमञ्चमा हुने छ ।
नेपाल कराँते महासंघ काभ्रे, नेपाल सितेरियो कराँते महासंघ काभ्रेको सह-आयोजना, बनेपा नगरपालिकाको मुख्य सहयोगमा र काभ्रे कराँते एकेडेमीको मुख्य आयोजनामा दुई दिन सम्म प्रतियोगिता सञ्चालन हुने छन ।
जिल्ला भरिबाट करिब २ सय ५० देखि ३ सय जना खेलाडीहरु सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि आयोजकले ५१ सदस्यीय मुल समारोह समिति समेत गठन गरेको छ ।
पत्रकार सम्मेलनमा प्रचार-प्रसार संयोजक नवराज मानान्धरले आफुहरुले बालबालिकालाई नैतिक शिक्षा सहित कराँते सिकाउने गरेको बताए । उनले यो अभियान प्रत्येक स्कुलमा अगाडी बढाएका जानकारी दिए ।



















