सोमबार, बैशाख ०७, २०८३
लागुऔषधसहित एक युवक पक्राउ

काठमाडौँ । लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका–८ घर भएक सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिए ।

प्रहरी अनुसार ती युवकको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय