पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौँ । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रामेछाप उमाकुण्ड नगरपालिका-६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने गोबिन्द थापालाई पक्राउ गरेको हो ।

थापाले इन्द्रकुमार खवासलालई पोल्याण्ड पठाइदिन्छु भनी ३ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । मंगलबार पक्राउ परेका थापालाई प्रहरीले आज सार्वजनिक गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग कार्यालय ताहाचाल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस