सोमबार, बैशाख ०७, २०८३
सुझाव र गुनासो सुन्न काभ्रे प्रहरीको ‘क्युआर कोड सिस्टम’

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले जनताको सुझाव तथा गुनासो संकलन गर्न क्युआर कोड स्क्यान सिस्टम ल्याएको छ । क्युरआर कोड मार्फत अनलाईनमा प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी, कुनै गुनासो वा प्रहरी काम कारवाहीको बारेमा जानकारी गराउने उद्देश्यले क्युआर व्यवस्था ल्याइएको प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

क्युआर कोड स्क्यान विधिबाट घरमै बसी आफ्ना सुझाव तथा गुनासो राख्न सकिने प्रहरी कार्यालय काभ्रेले बताएको छ । काभ्रेका सबै प्रहरी कार्यालयमा सिस्टम लागु हुनेछ साथै सेवा लिने व्यक्तिको परिचय गोप्य रहनेछ ।

यसरी गर्नुहोस् क्युआर कोड स्क्यानः
तपाइसँग भएको जुनसुकै एन्ड्रोइड मोबाइल फोन वा एप्पलका जुनसुकै मोबाइलबाट यो सेवा लिन सकिन्छ । जसका लागि आफ्नो मोबाइल फोनको प्ले स्टारमा गई स्क्यान एप डाउनलोड गर्ने अथवा जुनसुकै ब्राउजरमा गएर जिल्ला प्रहरी कार्यालय काभ्रेको लोगो भएको क्युआर कोड स्यान गरी त्यस भित्र जाने । भित्र गइसकेपछि ओपन भन्ने अप्सनमा क्लिक गर्ने । त्यसपछि आफ्नो पुरा नामा ठेगाना लेखि आफुले सुझाव दिने हो कि गुनासो राख्ने हो यकिन गर्ने । त्यसपछि तपाले के विषयमा गुनासो/सुझाव गर्ने हो, किन गर्ने हो, यसको सुनवाइ कसरी सुन्न चाहानुहुन्छ, यो गुनासो तथा सुझाव कसलाई सुनाउन चाहानुहन्छ हुन्छ, जस्ता विभिन्न प्रश्नहरूको उत्तर दिई आफ्ना गुनासा, सुझाव सल्लाह तथा जुनसुकै जानकारी पनि क्युआर कोड स्क्यान सिस्टमबाट प्रहरी कार्यालयलाई दिन सक्नुहुने छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय