सोमबार, बैशाख ०७, २०८३
सिन्धुलीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, एक जना घाइते

सिन्धुली । जिल्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका-५ का दिनेश काफ्ले रहेका छन् ।

कमलामाई नगरपालिका-३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा प्र २-०३-००१ त ४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक तीनपाटनका ‍गोपाल तोलाङगी र दिनेश काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो । उनीहरू मध्ये काफ्लेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय