काठमाडौं । प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेको भन्ने हल्ला निराधार भएको बताएको छ ।
राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको छ ।
नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले राई पक्राउ नपरेको बताए । उनले भने,‘ हामी इन्टरपोलमार्फत खोजि गर्दैछौं । अहिलेसम्म पक्राउ परेको छैन ।’
राई पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा राई पक्राउ परेको भन्दै हल्ला फैलिएको थियाे ।



















