भक्तपुर । भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । च्याम्हासिंह चोकमा बा.३ ख ६४०६ नम्बरको बसको ठक्करबाट ८५ वर्षीय विष्णुभक्त प्रजापति घाइते भएका थिए ।
प्रजापतिको उपचारको क्रममा वि.एण्ड.वि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बसले उनलाई ठक्कर दिएको हो ।
बस चालक काभ्रेको नमोबुद्ध घर भएका राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत जगातीले अनुसन्धान गरिरहेको छ ।



















