काभ्रे । प्रहरीले लागुऔषध किन्ने र बेच्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध खैरो हेरोईन सहित पक्राउमा परेका मनोज जोशीलाई सोधपुछका क्रममा आफ्नो साथबाट बरामद भएको लागुऔषध खैरो हेरोईन जिल्लाको पनौति नगरपालिका वडा न–५ तर्फ बस्ने नकुल प्रसाद तिमिल्सिना सँग खरिद गरी ल्याएको हो भनि बताए पश्चात बेच्ने तिमल्सिना सहित किन्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने लागुऔषध ब्यूरोको सहयोगमा हामीले दुईजना पक्राउ गरेका छौं । त्यस मध्ये ग्राहक बनेर लागुऔषध किन्ने मनोज जोशिलाई लागुऔ्रषध ब्यरो काठमाडौ पठाईको र लागुऔषध बेच्ने तिमल्सिनालाई इलाका प्रहरी कार्यालय बनेपामा राखिएको जानकारी दिए ।
पनौती नगरपालिका-५ नैकिङटार बस्ने अं. बर्ष ४१ को नकुल तिमल्सिनाको घरमा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले खानतलासी गर्दा निजको घरमा फ्रिज भित्र लुकाई छिपाई राखेको अन्दाजी ३८ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
उनको घरकोठा खानतलासी गर्दा लागुऔषध खैरो हेरोईन जस्तो देखिने –३८ ग्राम, डिजिटल तराजु थान –१, नेपाली नगद रु .३० हजार, निजको नामको नागरिकताको प्रमाण पत्र थान १ र मोबाईल थान –२ सहित निज तिमल्सिनालाई पक्राउ गरेको जानकारी दिए । निजलाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी म्याद थपको अनुमति लिई अनुसन्धान अगाडि बढाउने जानकारी दिए ।



















