सोमबार, बैशाख ०७, २०८३
कुवेतबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ

काठमाडौ । रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ परेका छन्।

लागु औषध मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई इन्टरपोलमार्फत पक्राउ गरी बिहीबार काठमाडौं फिर्ता ल्याइएको नेपाल प्रहरीले जानकारी दिएको छ।

खैरो हेरोइन मुद्दामा फरार रहेका इलाम संगरुम्बा-५ का २९ वर्षीय रोशन राईलाई पक्राउ गरेको हो।

इन्टरपोल कुवेतसँग समन्वय गरी कारबाहीका लागि उनलाई नेपाल ल्याइएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय