काठमाडौँ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ५ जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका-६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे तेमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई नगद ४० हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















