काठमाडौं। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
‘आफूमाथि प्रश्न बोकेर उहाँ (लामिछाने) गृहमन्त्री बन्न हुँदैन थियो’, प्रतिनिधि सभा सदस्य पौडेलले भने, ‘त्यसैले उच्च नैतिकता देखाएर उहाँलाई पदबाट राजीनामा दिन म माग गर्दछु।’



















