गण्डकी । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको छ । बाराहीघाटमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका हुन्।
प्रधानमन्त्री दाहालले रिमोटको माध्यमबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरेका थिए । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको निर्णय अनुसार पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो ।
पोखरालाई पर्यटकीय राजधानी घोषणाको लागि प्रदेश तथा महानरपालिकाले गरेको सिफारिसलाई संघीय सरकारले अनुमोदन गरेको छैन। तर प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा सहभागी भएको उद्घाटन गरेका हुन् । कास्कीको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा बजारमा मुख्य क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिसकेको छ।



















