काभ्रे । प्रहरीले धुलिखेल नगरपालिका वडा नम्बर-९ ढुङगाखानि स्थित शुसिल रानाभाटले संचालन गरेको शुभान होटेलमा कौडा खेल्दै गरेका ५ जनालाई नियन्त्रणमा लिएको छ ।
होटलको कोठा नम्बर १०२ मा केहि मानिसहरु जम्मा भई कौडा खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले ५ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ पर्नेमा छिरिङ लामा, वुद्ध लामा, जीवना लामा, अमृत लामा र मैते भनिने दिनेश लामा रहेका छन् । उनीहरुको साथबाट पन्ध्र वटा कौडा सहित नेपाली रुपैंया २० हजार ६८० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।



















