मंगलबार, बैशाख ०८, २०८३
सभ्य र भव्य तरिकाले होली मनाऔं

काभ्रे । प्रत्येक बर्ष होलि पुर्णिामाको दिन होलि मनाइन्छ । यो नेपाल भारत अन्य रास्ट्रमा रहेको हिन्दुहरुको महान पर्व चाड हो । यो चाड वसन्त ऋतुको फाल्गुन महिनामा पर्दछ भने यो साल चैत महिनामा पर्न गयको छ होलि रङ्गहरुको चाड हो ।

होलिको दिन मानिसहरुले एक अर्कामा रङ्गहरु खेलेर रंगिन बनाउछन । होलि खेल्ने दिनभन्दा अरु एक दिन पहिला रातो होलिको दहन गरिन्छ ।राती होलिको दहन गरिसकेपछी बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथी रङ्ग फाल्ने चलन छ ।

नेपालमा साना – साना नानीहरु देखि बृद्धबृद्दाहरु संग सबै जना होलि खेलेर मज्जा अर्थात मनोरञ्जन लिन्छ्न भने युबा युबर्ती हरु गित गाउदै नाच्दै होलि खेल्ने गरेको पाहिन्छ । भनिन्छ कि होलिको दिन पुरानो कुटता समाप्त गरेर दुस्मनी हरु बिर्सेर एक अर्कासित मिल्छन र आत्मियता बढाउछन । साथै येस पर्व लाई फाल्गुन महिनामा मनाउने फगुवा पर्व पनि भनिन्छ ।

हामिले होलि पर्व घरपरिवार साथिभाइ एक आपसमा रङ्ग मा रंगियर खुशि साथै उल्लास पुर्बक मनाउने फाल्गुन पुर्णिामा को अवसरमा मनाइन्छ । पहाड देखि तराइ र गाउँ देखि सहर सम्म केटा केटि युबायुबती हातमा रङ्ग र रंगिन घोल पदार्थ यक आपसमा छ्यापाछ्याप गरेर होलि मनाउछन । होलिमा गित गाउदै बजा बजाउदै रमाइलो गर्दै आपशी रिशिभिलाइ बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगिन पर्वको रुपमा लिइन्छ ।

फाल्गुन सुक्ल अस्ठमिको दिन काठमान्डौ बसन्तपुर अगाडि चिर विशेष रुपले सजायको लिङ्गो गाडेपछि होलि सुरु भयको मानिने गरिन्छ भने यो साल केही दिन अगिनै चिर लाई सजायको छ फागु पर्व पुर्णिामा को राती उक्त चिर लिङ्गो लाई ढालेर जलायपछी होलि बिधिगत रुपमा समाप्त हुन्छ ।तराइ जिल्लाहरुमा भने पहाडको पर्व मनायको भोलिपल्ट मनाइने गरिन्छ ।

होलिमा कुहियको अन्डा, लुगा कपडा धुयको पानी, नुहायको पानी, ढलको पानी, कालो मबिल आदि लोलाभित्र राखेर हान्ने बिकृती पनि बढ्दो छ । तेस कार्यले हाम्रो पर्बलाइ नकारात्मक असर पर्दछ । भने तेस्ता कार्य हरु हामी कोहि – कसैले नगरौ । किनकी यो पर्व हाशी खेली मनोरञ्जनको रुपमा लिदै खुशी साट्ने पर्व पनि हो । त्यसैले ध्यान दियर होलिलाइ सभ्य र आत्मियता बढ्ने तरिकाले मनाउ मनाऔं ।

हार्दिक शुभकामना ।

सिफारिस

ताजा समाचार

लोकप्रिय