मंगलबार, बैशाख ०८, २०८३
सुनकोशीमा बेपत्ता तीन बालबालिका खोज्न टोली परिचालन

काठमाडौं । आइतबार सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । होली खेलेर नुहाउने क्रममा उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा उनीहरु बेपत्ता भएका थिए ।

आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि उनीहरुको पत्ता लागेन । आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको बताइएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बरऔ १४ साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर नदीमा बेपत्ता छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय