टी-२० क्रिकेट : आयरल्यान्ड ‘ए’सँग भिड्दै नेपाल
सोमबार, चैत्र १२, २०८० | ४:०४:०५

काठमाडौं । नेपालले टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ ।
दुई वटा अभ्यास खेल खेल्न लागेका आयरल्यान्ड ए र नेपालबीच पहिलो प्रतिस्पर्धा आज हुन लागेको हो । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् ।
नेपाली टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द।