सोमबार, बैशाख ०७, २०८३
होली खेल्ने क्रममा ग्याङ फाइट: दुईको मृत्यु, १८ जना पक्राउ

ललितपुर । होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ । ललितपुरको धोलाहिटीमा आइतबार होली पर्व मनाउने क्रममा दुई समूहबीच झडप हुँदा दुई युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर घर भई हाल ललितपुरको धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई हाल धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति भएको उक्त झडपमा मृत्यु भएका पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय