सोमबार, बैशाख ०७, २०८३
कर्णाली पुलबाट हाम फालेका युवक अझै भेटिएनन्

कञ्चनपुर । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका युवक भेटिएका छैनन्।

होली मनाउँदै कर्णाली पुलमा पुगेका ती युवकसहित १७ जना सोमबार साँझ पालैपालै नदीमा हामफालेका थिए । तीमध्ये १६ युवक नदीबाट निस्किए पनि लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नदीमै हराए ।

त्यति बेलैदेखि शाहीको खोजी भइरहे पनि उनको अवस्था अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । शाहीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए।

सशस्त्र प्रहरीको गोताखोर टोली पनि आइरहेको उनले बताए । अहिले कर्णाली नदी किनारमा सुरक्षाकर्मीले खोजी गरिरहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय