सोमबार, बैशाख ०७, २०८३
कर्णाली नदीमा बेपत्ता भएका पुरूष मृत फेला

काठमाडौँ । कर्णाली नदीमा हामफालेका बेपत्ता भएका पुरूष मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हाेली पर्वकाे अवसरमा साेमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीकाे पुलमाथि रमाइलो गर्दै पाैडी खेल्न १७ जनाले हाम फालेका थिए ।

तीमध्येका कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लाेकेन्द्र शाही पुलमाथिबाट हाम फाल्नेबित्तिकै बेपत्ता भएका थिए ।

उनकाे तीन दिनपछि बिहीबार शव फेला परेकाे हो । शाहीको शव टीकापुरकाे सन्कट्टी घाटमा भेटिएको हाे । उनले पुलबाट रमाइलो मान्दै फाेटाे सुट गर्दै पाैडी खेल्न नदीमा हाम फालेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय