सोमबार, बैशाख ०७, २०८३
अमेरिकामा चक्कु प्रहारबाट ४ जनाको मृत्यु

इलिनोइस । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बुधबार दिउँसो भएको घटनामा घाइतेमध्ये एक जनाको अवस्था नाजुक रहेको रकफोर्ड प्रहरीले जानकारी दिएको हो ।

मारिनेमा १५ वर्षीया किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय पुरुष र २२ वर्षीय युवक रहेको प्रहरीको भनाई छ । मारिनेमा एक जना हुलाकका कर्मचारी रहेका छन् । घटनाका आरोपित २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

के कारणले आक्रमण गरियो भन्ने अझै खुल्न सकेको छैन ।

सिफारिस

ताजा समाचार

लोकप्रिय