काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।
आज एकै दिन तोलामा २ हजार एक सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहिबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २१ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















