सोमबार, बैशाख ०७, २०८३
अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो ।

वीरगन्जको लक्ष्मणवामा बसेर अनलाइनमार्फत ठगी गर्ने २ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिए ।

पक्राउ परेकाहरूसँग आवश्यक अनुसन्धान भइरहेकोले नाम गोप्य राखिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट ७०/८० थान डेस्कटप मोनिटर, करिब २५ थान मोबाइल, ल्यापटपसहितका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय