साँस्कृतिक र धार्मिक महत्व झल्काउने भित्तेचित्र
काभ्रे । धार्मिक एवं ऐतिहासिक नगरी पनौतीमा पनौतीको संस्कृति र धार्मिक महत्व झल्काउने भित्तेचित्र उद्घाटन गरिएको छ । पनौती पर्यटन विकास केन्द्रको पहलमा भित्तेचित्र निर्माण गरिएको हो । भित्तेचित्रमा पनौतीका धार्मिक क्षेत्र, इन्द्रेश्वर मन्दिर, पुण्यमाता खोला, रोशी खोला लगायतका धार्मिक क्षेत्र समेटिएको छ । पनौतीको चिनारीका लागि उक्त भित्तेचित्र महत्वपुर्ण हुने विश्वास लिइएको छ । जसले पनौतीको इतिहासलाई सम्झाउने छ ।
२०८० साउन ११ गते १५ औ स्थापना दिवस मनाउँदै पनौती नगरपालिकामा समग्र पर्यटन क्षेत्रको विकास गर्ने उदेश्यले शुरु गरिएको गतिविधीहरुले लय पक्डेको छ भने पर्यटन क्षेत्रको विकासमा गति दिन थालेको छ ।
पनौती ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक शहर हो । यसलाई पुरातात्विक शहरका रुपमा चिनाउन भएका संरचनाहरुको संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार गर्नु पनौती पर्यटन केन्द्रको मुख्य उदेश्य हो रहेको अध्यक्ष पुरुषोतम कर्माचार्यले बताए । उनले भने शुरुमा कार्यालय स्थापना ग¥यौं, त्यस पछि विस्तारै बार्षिक क्यालेन्डर तयार गरी नगर क्षेत्रमा पर्यटनको विकासका लागि सक्रिय हुने प्रयत्न ग¥यौं ।
पनौती पर्यटन विकास केन्द्रले आफ्नै ब्यवस्थापनमा पाहाँ छेँ (पाहुना घर), लोपोन्मुख बाजागाजा संरक्षण तथा प्रर्वद्धन (जसलाई नो बगा, खिं) भनिन्छ), नेवारी समुदायका लागि जन्मे देखि मृत्यु पर्यन्त आवश्यक पर्ने निगालोबाट बुन्ने सामानहरुको संरक्षण, प्रर्वद्धन तथा सिप हस्तान्तारण, लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
पनौती नगर चिनाउने सौन्दर्यकरणका लागि वडा नम्वर ७ का सबै घरमा प्रति घर दुई गमला, दुई फुल अभियान, ब्रम्हायणी मन्दिरमा बृक्षारोपण, पनौतीको बुकलेट तयार गरी वितरण, पुराना घरहरुमा कलरिङ्ग तथा संरक्षणका लागि अभियान, पुराना चोक, सडक तथा गल्लिहरुको नामाकरण सहितको नेम प्लेट, पनौतीको नक्सा लगायतका क्षेत्रमा कार्य प्रारम्भ गरेको अध्यक्ष कर्माचार्यले बताए ।